भारतीय प्रधानमन्त्री मोदीले भने - शुसिलको निधनले असल साथी गुमायौँ :: Read more news >>>>
डिसीनेपाल डटकम - नेपालका पूर्व प्रधानमन्त्र सुशील कोइरालको निधनले गतिलो साथी गुमाउनु परेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।
कांग्रेसका सभापति समेत रहेका कोइरालाको सोमबार राति १२ बजेर ५० मिनेटमा निधन भएको थियो । उनको निधनको खबर पछि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालले ठूलो नेता गुमाएको समेत बताएका छन् ।
उनले सुशीलको निधनले आफू स्तब्ध भएको बताउँदै उनीबाट सबैले सरल जीवन जिउन सिक्नुपर्ने उल्लेख गरेका छन् । मोदीले सुशीलको निधनको शोकको घडीमा उनको परिवार, नेपाल र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् ।
पछिल्लो केहीदिन देखि निमोनियाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन हो ।
- See more at: http://dcnepal.com/news/news.php?nid=192233#sthash.wBibEcI3.dpuf