सभापतिका उम्मेद्वार पौडेल भन्छन्– ‘ कार्यकर्ताको भरोसाले निसन्देश चुनाव जित्छु’

ramchandra (1)काठमाडौं–संस्थापनबाट सभापतिका उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता रामचन्द्र पौडेलले ‘कार्यकर्ताले आफूमाथि भरोसा राखेकोले आफूले चुनाव जित्ने दावी गरेका छन् ।’
आफूले नै नेपाली कांग्रेसलाई एकाकार गरेर लैजाने जिम्मेवारी पाएकाले कार्यकर्ताको भरोसा रहेको उनको भनाई छ । केही नेताहरु प्रतिस्पर्धामा अलिकति अलग देखिएको भएपनि भोली सबैलाई एकै ठाउँमा ल्याउने उनले बताए ।
‘त्यसभित्र शेरबहादुर देउवादेखि सबै साथीहरु समेटिन्छन्’ रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘पार्टीलाई एकाकार गरेर लैजाने मेरो प्रयास हो । म यसै पनि टाइट गुट बनाएर हिँड्ने मान्छे होइन ।’
नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा हुने भएपनि कसरी पार्टीलाई डोहोर्याएर जाने र कुन नेतृत्वलाई अघि सार्दा पार्टी बलियो हुन्छ भनेर कार्यकर्ताले सोच्नुपर्ने उनले बताएका छन् ।
उनले नयाँ ढंगले कांग्रेस अगाडी बढ्ने कुरामा निश्चिन्त हुन पनि आग्रह गरे ।
उनले आफू मध्यमार्गी भएकाले कार्यकर्ताले व्यवस्थित भएको महसुस नगरेपनि भोलि सबै समेटिने उनको दावी छ ।
पौडेलले संस्थापन समूहबाट गएका व्यक्तिहरुले आफूलाई बाहिर सर्वमान्य नेता भनेर प्रचार गरेपनि कहिल्यै सर्वमान्य नेताको रुपमा नस्वीकारेको बताए ।
पौडेलले यो संविधानलाई प्रजातान्त्रिक समाजवादको दर्शनमा ढालेर कार्यान्वयन गर्ने अठोट गरे । ‘त्यसैले संविधानलाई टुंगोमा पुर्याउन जरुरी छ ।’ उनले भने, ‘त्यसपछि मात्रै राजनीतिबाट सन्यास लिने हो ।’
उनले कांग्रेस भोकभोकै जेलजीवन बिताएर, फाँसीको सजाय भोग्दै सारा जिवन बिताएर हिँड्नेहरुको पार्टी भएकोले कार्यकर्ताको समर्थनले नै आफू सफल हुने बताए । ‘कार्यकर्ताको पैसा लिने होइन । केही मान्छे लोभलालचमा फस्ने होलान् । तर सबै मान्छे त्यस्तो छैनन्’ उनले भने ।
नेपाली समाजले नयाँ रुपान्तरण र परिवर्तन खोजेको भन्दै उनले त्यसको नेतृत्वको लागि आफू सक्षम रहेको दावी गरे । ‘विपीले भनेका थिए, कि राजालाई जनतालार्ई चाहिदैँन भने जनतालाई पनि राजतन्त्र चाहिदैँन्, उनको यही विचारलाई बोकेर म अघि हिँडेको मान्छे हुँ ।’ उनले भने– ‘सहमति, सहकार्य र एकताको सुत्रमा बाँधिएर आज नेपाललाई बचाउने हाम्रो अभियान छ ।’
उनले आफू सभापति भएपछि मधेसका समस्याहरुलाई सम्बोधन गर्ने कुरामा पहिलो पहल गर्ने बताए । ‘मधेसी जनताको विश्वास जित्न चाहन्छु, जनजाति र दलित, महिला तथा अल्पसंख्यक मुस्लिम, थारु र अन्य सबै समुदायको विश्वास जित्न चाहन्छु ।’ उनले भने ।
सीमांकनलगायत सम्पूर्ण सुधारका लागि संविधान संशोधन गरेर भएपनि मधेसलाई मिलाएर समस्याहरुको समाधान गर्ने उनले बताए
- See more at: http://www.ratopati.com/news/35058/#sthash.ALO5KeRd.gVhekuuR.dpuf