अन्तरिक्षमा एक वर्ष बिताएर फर्किए दुई वैज्ञानिक - Ratopati

kelly-and-kornienko-nasa-270315अमेरिका–अमेरिकाका स्कट केली र रुसका मिखाइल कोनीइन्को अन्तरिक्षमा १ वर्ष बिताएर पृथ्वी फर्किएका छन् । अन्तरिक्षमा ३ सय ४० दिन बिताउनु भनेको पृथ्वीमा दुई वर्ष बिताउनु सरह हो ।
शरिरमा लामो दूरीका स्पेसफ्लाईटको असरका सम्बन्धमा अध्ययन गर्ने क्रममा उनीहरुले यति लामो समय अन्तरिक्षमा बिताएका हुन् । दुई वैज्ञानिकहरुलाई बोकेर सर्जी भोल्कोभको अन्तरक्षिय यानले काजाकिस्तानमा स्थानीय समयअनुसार ४ बजेर २६ मिनेटमा अवतरण गरको थियो ।
kely
आईएसएसले गरेको यो किर्तिमानी मिसनपछि केलीले ५ सय २० दिन अन्तरिक्षमा बिताउने कीर्तिमान बनाए । उनले यस क्रममा चार पटक फ्लाईट गरेका छन् । यस मिसनका कमान्डर केलीले मिसन समाप्तिपछि कुराकानी गर्दै शारिरीक रुपमा निकै खुसी लागेको बताए ।
तर, पृथ्वीका मानिसहरुसँग झन्डै एक वर्ष सम्पर्कविहिन हुनुपर्दा निकै पिडा भएको प्रतिक्रिया उनले दिए । काजकिस्ताबाट कमाण्डर केली अमेरिकाको होउस्टोन प्रस्थान गर्नेछन् । नासाले यस मिसनलाई कुनै दिन मंगलग्रहमा मानिस पठाउने लक्ष्यका साथ सञ्चालन गरेको बताएको छ
- See more at: http://www.ratopati.com/news/34982/#sthash.DX9zuFjI.dpuf