प्रधानमन्त्री चीन जानु अघि नै चीनले गरेको एक निर्णय, यसरी दिदैँ छ खुसीको खबर!!!
चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् ।
चीनले नेपाललाई ३ महिलासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारी थालेको हो ।
यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ ।
कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ । नेपालको अहिलेको भण्डारण क्षमता धेरै कम छ । पेट्रोल ५ दिन र डिजेल १५ दिनका लागि मात्र पुग्ने भण्डारण क्षमता रहेको छ ।
अहिले पेट्रोलियम पदार्थको भण्डारण क्षमता ७१ हजार १९८ किलोलिटर क्षमता छ । काठमाडौंमा मात्र दैनिक ३५० किलोलिटर पेट्रोल र ४५० किलोलिटर डिजल खपत हुन्छ । कारोबार दैनिकमा समाचार छ ।