भारत भ्रमण फलदायी नदेखिएपछि, प्रधानमन्त्री चीन जाने तयारीमा हुँदा आयो धम्की, http://bhadragoolsansaar.blogspot.co.il/…/blog-post_87.html… See Translation
‘म हाम्रा नेपाली साथीहरुलाई भन्न चाहन्छु बढी हौसिएर ‘चाइना कार्ड’ प्रयोग गर्नेतर्फ नलाग्नुहोला । यसबाट अन्ततः तपाईहरुलाई नै घाटा हुनेछ ।’
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEifdkC7EIZMUk-j21isDOAxYLm5b2PBWqBhgofO7pCR52panQ-A8-l7RoHwmIoOmFXN5BBmfSuONFjWsJ9v9WdG1UyBdlPrlNR9-5hNd2jMe-JOpQvGcOv8eAKAzCzkzRkco8eblZW77-E/s640/Capture.PNG)
फागुन ७ गते दिल्ली गएर ठ्याक्कै एक महिनापछि चैत ७ गते बेइजिङ जाने तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीतर्फ इंगित गर्दै भारतीय पूर्व विदेश सचिव ललितमान सिंहको कडा चेतावनीयुक्त लेख समाविष्ट पुस्तक प्रकाशित भएको छ ।
नेपाल दिल्लीको पकडबाट फुत्किएर उत्तरी प्रभावमा गएको भन्दै भारतीय जासुसी संयन्त्र, राजनीतिक वृत्त र हिन्दु अतिवादीहरु होहल्लामा व्यस्त रहकै बेला भर्खरै बजारमा आएको ‘युनिक एसियन ट्रायंगलः इन्डिया, चाइना, नेपाल’ मा अमेरिका र संयुक्त अरब इमिरेट्सको निम्ति पूर्व राजदूत तथा बेलायत र नाइजेरियामा उच्चआयुक्त रहिसकेका वरिष्ठ कूटनीतिज्ञ ललित (हालः रणनीतिक पहल मञ्चका अध्यक्ष र वैदेशिक सेवासम्बन्धी प्रतिष्ठानमा मानार्थ प्रोफेसर) को ‘इण्डिया, चाइना, नेपालः रिडिफाइनिङ हिस्टोरिकल रिलेसन इन टेम्पोररी टाइम्स’ शीर्षक लेखमा नेपाललाई यस्तो चेतावनी दिइएको हो ।
यता भित्र–बाहिर गुम्सिएका र खुलेका असन्तुष्टि यस रुपमा प्रकट हुँदैछन् भने प्रधानमन्त्री ओलीको दिल्ली यात्राका दौरान सँगै रहेको केही बुद्धिजीवीसँगको कुराकानीमा नेपालका निम्ति निवर्तमान राजदूत जयन्तप्रसादले माओवादीलाई पाँच टुक्रा बनाउन हामीसँग मिल्ने केपी ओली र प्रचण्डबीचको निकटता अचम्मलाग्दो छ भन्दै चीन भ्रमण र नेपाली कांग्रेसको महाधिवेशनपछि नयाँ सत्तासमीकरणको निम्ति चलखेल हुनसक्ने संकेत समेत देखाएका छन् । जनआस्था साप्ताहिकमा खबर छ