सिंहदरबार घेर्नेलाई सरकारले के 'रेस्पोन्स' गर्यो? (भिडियो)

काठमाडौं- संघीय गठबन्धनसम्बद्ध दलका नेता-कार्यकर्ता सिंहदरबार घेर्न सोमबार पनि कालोपत्रे सडकमा पलेँटी कसेर बसेका थिए। नेपाल-भारत सीमामा धर्ना बसेर नाकाबन्दी गरेका उनै नेताहरु हिजो-आज सिंहदरबार छिर्ने नाकामा आइपुगेका छन्। सिंहदरबार धर्नामा मधेसवादी दलका नेता-कार्यकर्ता मात्र छैनन्, देशका पूर्वदेखि पश्चिमसम्मका आदिवासी जनजाति पनि सहभागी छन्। सिंहदरबार घेराउमा बसेका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र लक्ष्मणलाल कर्णसँग धर्नास्थलमै नागरिकन्युजले संवाद गरेको छ।

दुईदिन चलेको अन्दोलनकाबीचमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले के रेस्पोन्स गर्यो? लामाे मधेस अान्दाेलनपछि काठमाडाैं छिरेर गरिएकाे अान्दाेलनकाे 'टेस्ट' कस्ताे छ? हामीले नेताहरूसँग बुझ्ने प्रयास गरेका छाैं।
भिडियोमा हेर्नुस् नेताहरुको जवाफः