यात्रुलाई आक्राण गरी फरार रहेका दुई धराने युवा पक्राउ!!!


धरान /  डर धम्की देखाई सिटी सफारी चालक र त्यसमा सवार यात्रुलाई आक्राण गरी फरार रहेका दुई युवालाई धरान प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

फागुन १७ गते धरान–१८ स्थित क्यामगेटमा सफारी चालक शिवकुमार राई र सवार देशकुमार राईमाथि आक्रमण गरेका थिए । आक्रमणमा संलग्न धरान ११ का २३ वर्षीय दिपेन राई र सोही ठाउका २९ वर्षीय रिचर्ड गुरुङलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

आक्रमणमा संलग्न मध्ये एकजना फरार छन् । प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै उसको नाम सार्वजनिक गरेको छैन् ।


इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई चैत १५ गते पक्राउ गरेको हो भने बुधबार सार्वजनिक गरेको छ । उनीहरुलाई म्याद थपसमेत भइसकेको छ भने उनीहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गत कारबाही चलाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

 डर धम्की दिई आक्राण गर्ने र लुटपाटमा संलग्नको ठूलो ग्याङ नै हुन सक्ने भन्दै प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।